काठमाडौंका मेयर उम्मेदवारलाई ‘सित्तैमा’ सघाउँदै छन् फेसबुक पेज

‘रुटिन अफ नेपाल बन्द’, ‘मिम नेपाल’, ‘ठग लाइफ नेपाल’ जस्ता बढी सदस्य भएका फेसबुक पेजहरूले उम्मेदवारहरूको चुनाव प्रचारप्रसा गर्न थालेका छन्। यस्ता पेजहरूले दल तथा उम्मेदवारको प्रचारमा धेरैभन्दा धेरै पोस्टहरू सार्जजनिक गरिरहेका छन्।

काठमाडौंका मेयर उम्मेदवारलाई ‘सित्तैमा’ सघाउँदै छन् फेसबुक पेज

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर पदका प्रत्यासीहरूको प्रचार-प्रसारमा बढी लाइक र फलोअर भएका सामाजिक सञ्जालका पेज तथा ग्रुपहरू सक्रिय हुन थालेका छन्।

‘रुटिन अफ नेपाल बन्द’, ‘मिम नेपाल’, ‘थग लाइफ नेपाल’ जस्ता बढी सदस्य भएका फेसबुक पेजहरूले उम्मेदवारहरूको चुनाव प्रचारप्रसा गर्न थालेका छन्। यस्ता पेजहरूले दल तथा उम्मेदवारको प्रचारमा धेरैभन्दा धेरै पोस्टहरू सार्जजनिक गरिरहेका छन्।

यस्ता पेज तथा ग्रुपहरूले पार्टीका उम्मेदवारको तुलनामा काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको प्रचार बढी मात्रामा गरेका देखिएका छन्।

‘थग लाइफ नेपाल’का एक एड्मिन सुशन शर्मा पोखरेल आफूहरूले यस्तो प्रचार निःशुल्क रुपमा गरेको बताउँछन्। कुनै राजनीतिक पार्टीप्रति आस्था भएर भन्दा पनि समाजिक चेतनाका लागि आफूहरूले मेयर पदका उम्मेदवारका विषयमा पोस्ट गरेको उनी बताउँछन्। यद्यपि बालेन शाहसँग भने आफूहरू पेशागत हिसाबमा नजिक रहेका कारण केही झुकाव भएको उनले बताए।

“हामी आफै संगीत क्षेत्रसँग आबद्ध छौँ, त्यसैले पनि बालेन शाहसँग हाम्रो केही झुकाव छ,” पोखरेलले भने, “हामीले यस्तो पोस्ट शेयर गर्दा आर्थिक उर्पाजन भने गर्ने गरेका छैनौँ। आर्थिक उर्पाजन गर्नका मेयर पदका एक प्रतिस्पर्धीलाई मात्रै बोक्नुपर्ने हुन्छ, एउटा उम्मेदवारलाई मात्रै बोक्न अप्ठेरो हुँदा हामीले निःशुल्क प्रचार गरेका छौँ।”

३१ लाखभन्दा बढीले फलो गरेको ‘रुटिन अफ नेपाल बन्द’का एड्मिन भिक्टर पौडेल पनि आफूहरूले यस्ता प्रचार निःशुल्क गरेको दाबी गर्छन्। समाजिक सञ्जालमा व्यक्तिको चर्चाका आधारमा आफूहरूले प्रचार गर्ने गरेको उनले बताए। यो पटक काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेनको चर्चा समाजिक सञ्जालमा बढी भएका कारण अन्य उम्मेदवारको तुलनामा उनको प्रचार आफूहरूले बढी गरेको पौडेल बताउँछन्।

“मेयर पदको उम्मेदवारका विषयमा हामीलाई हाम्रो इनबक्समा विभिन्न पोस्ट गरिदिनू भनेर म्यासेज आउँछ,” भिक्टर भन्छन्, “त्यही आधारमा हामीले पोस्ट गर्छौं।”

यस्ता फेजबुक पेजमा काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवारका मात्रै बढी प्रचार भएको पाइन्छ। काठमाडौंसँग जोडिएको अर्को महानगरपालिका ललितपुर महानगरपालिकाका मेयर र भक्तपुर नगरपालिकाका मेयरको भने प्रचार भएको सितिमिति पाइँदैन। भिक्टर आफ्नो पेजका धेरै प्रयोगकर्ता काठमाडौंभित्रकै भएका कारण यस्तो भएको स्वीकार्छन्।

त्यसो त २०७४ को स्थानीय तहको निर्वाचनमा पनि यो पेजले काठमाडौं महानगरपालिकाको मेयर पदका प्रतिस्पर्धीको प्रचार गरेको थियो। त्यो समयमा विवेशील पार्टीकी उम्मेदवार रञ्जु दर्शाना र साझा पार्टीका उम्मेदवार किशोर थापाको बढी नै प्रचार भएको थियो।

यो पटक नेकपा एमालेका काठमाडौं महानगरपालिकाको मेयर प्रतिस्पर्धी केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंहको प्रचार सामाजिक सञ्जालमा हुँदा विवेकशील साझाकी सम्मेदवार समीक्षा बास्कोटा भने छाँयामा परेकी छन्।

अघिल्लो निर्वाचनमा सहयोग गरेको दललाई यो पटक किन सहयोग नगरेको भनेर प्रश्न गर्दा भिक्टर भन्छन्, “राजनीतिक रुपमा कम विवादित व्यक्तिलाई हामीले स्थान दिएका छौँ। अघिल्लो स्थानीय तहको निर्वाचनमा रञ्जु दर्शना र किशोर थापा विवादित थिएनन्। तर अहिले विवेकशील साझा पार्टी आफै विवादित भएका कारण बास्कोटाका पक्षमा माहोल नभएका कारण प्रचार नभएको हो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved