सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

नेपालभ्युज

सातामा दुई दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले अबदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

जेठ १ गतेदेखि लागु हुने गरी यो मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यो निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले यसलाई परीक्षणका रूपमा लिइएको बताए। सरकारको निर्णयअनुसार अब शनिबार र आइतबार सातामा दुई दिन बिदा दिइनेछ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि र विदेशी मुद्रा सञ्चितिमा असर परेकाले सरकारले यस्तो निर्णय गरेको हो। यसबारे नेपाल आयल निगमले केही समयअघि सातामा दुई दिन बिदाको प्रस्ताव गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved