बैतडीमा ४४० पदका लागि एक हजार ४४२ जनाको उम्मेदवारी

नेपालभ्युज

बैतडीमा ४४० पदका लागि एक हजार ४४२ जनाको उम्मेदवारी

बैतडी। स्थानीय तहको निर्वाचनका लागि विभिन्न पदका लागि बैतडीमा एक हजार ४०० बढी उम्मेदवारी दर्ता भएको छ। जिल्लाका १० वटै स्थानीय तहमा आवश्यक ४४० पदका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर एक हजार ४४२ को उम्मेदवारी दर्ता भएको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार दशरथचन्द नगरपालिकामा २२७, मेलौली नगरपालिकामा १९३, पुर्चौंडी नगरपालिकामा १७६ र पाटन नगरपालिकामा १६१ को उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ।

सूर्नया गाउँपालिकामा १४९, सिगास गाउँपालिकामा १८१, दोगडाकेदार गाउँपालिकामा १२५, शिवनाथ गाउँपालिकामा ९२, पञ्चेश्वर गाउँपालिकामा ७९ र डिलाशैनी गाउँपालिकामा ५९ को उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ।

बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरेर १० स्थानीय तह रहेका छन्। यहाँका सबै स्थानीय तहमा आइतबार र सोमबार मनोनयन दर्ता भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved