बुटवलको मेयरमा स्वतन्त्र तीनसहित ९ र उपमेयरमा ८ जनाको उम्मेदवारी

स्वतन्त्रतर्फका उम्मेदवार रुद्रप्रसाद शर्मा, घनेन्द्र क्षेत्री र डिल्लीप्रसाद पाठकले उम्मेदवारी दर्ता गरेका छन्।

नेपालभ्युज

बुटवलको मेयरमा स्वतन्त्र तीनसहित ९ र उपमेयरमा ८ जनाको उम्मेदवारी

बुटवल। बुटवल उपमहानगरपालिकामा अहिलेसम्म प्रमुखमा नौ जना र उपभामुखमा आठ जनाको मनोनयन दर्ता भएको छ।

तीन जना स्वतन्त्र उम्मेदवारसहित नौ जनाले बुटवलको मेयरमा उम्मेदवार दर्ता गरेका बुटवल उपमहानगर निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए।

समाचार तयार पार्दासम्म मेयर पदको लागि नेपाली कांग्रेसबाट खेलराज पाण्डे, नेकपा एमालेबाट बाबुराम भट्टराई, जनता समाजवादी पार्टीबाट सुरज हिताङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मृगेन्द्र कुमार सेरचन, नेपाल मजदुर किसान पार्टीबाट हरिसुन्दर बासी, मङोल नेशन अर्गनाइजेसनबाट खिमबहदुर थापाले उम्मेदवारी दिएका छन्।

यस्तै, स्वतन्त्रतर्फका उम्मेदवार रुद्रप्रसाद शर्मा, घनेन्द्र क्षेत्री र डिल्लीप्रसाद पाठकले उम्मेदवारी दर्ता गरेका छन्।

उपमेयरमा अहिलेसम्म आठ जनाको उम्मेदवारी दर्ता भएको छ। दुई स्वतन्त्र उम्मेदवारसहित आठ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा (एकीकृत समाजवादी)बाट चीनबहादुर गुरुङ, नेकपा एमालेबाट साबित्रादेवी अर्याल, राप्रपाबाट भगवती पाण्डे, जसपाबाट सम्झना पौडेल, विवेकशील साझाबाट कल्पना भण्डारी, राप्रपा नेपालबाट प्रदीप सेरचनले उम्मेदवारी दिएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए।

यस्तै, उपमेयरमै किसन गुरुङ र डिल्ली राम रेग्मीले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved