एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा रानाले गरे मनोनयन दर्ता

नेकपा एमालेको सचिवालय बैठकले धनगढीको मेयरमा चन्द र उपमेयरमा रानालाई उम्मेदवार चयन गरेको थियो।

एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा रानाले गरे मनोनयन दर्ता

धनगढी। नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाथारुले मनोनयन दर्ता गराएका छन्।

धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले मनोनयन दर्ता गरेका हुन्। चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटीका पूर्वउपाध्यक्षसमेत हुन्।

यस्तै रानाथारु एमाले कैलालीकी नेतृ हुन्। नेकपा एमालेको सचिवालय बैठकले धनगढीको मेयरमा चन्द र उपमेयरमा रानालाई उम्मेदवार चयन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved