सात किलो सेतो हेरोइनसहित दुई विदेशी महिला पक्राउ

नेपालभ्युज

सात किलो सेतो हेरोइनसहित दुई विदेशी महिला पक्राउ

काठमाडौं। नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले अवैध लागुऔषध ७ किलो सेतो हेरोइनसहित पक्राउ परेका दुई विदेशी नागरिकलाई सार्वजनिक गरेको छ।

ब्यूरोले आइतबार पत्रकार सम्मेलन गर्दै अवैध लागूऔषध ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका विदेशी नागरिकलाई सार्वजनिक गरेको हो।

गत ३ वैशाखमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिकाको जोहान्नसवर्गबाट दोहा हुँदै काठमाडौं आएकी वर्ष ३५ की जेम्बियन नागरिक कपुतुला अभिषरागलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

उनले ल्याएको सुटकेसभित्र फल्स बटम बनाएर लुकाएर ल्याएको अवस्थामा ७ किलोग्रम लागूऔषध सेतो हेराइन प्रहरीले बरामद गरेको थियो। त्यस्तै उक्त लागूऔषध लिन आएकी केइफाङ्ग मिजोराम ठेगाना भएकी वर्ष ३५ की भारतीय नागरिक लालनुनपुईलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ।

लागूऔषध कारोबारमा संलग्न दुवै महिलालाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागूऔषध सेतो हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए। उनीहरूको साथबाट बरामद ७ केजी सेतो हिरोइनको अन्दाजी बजार मूल्य १४ करोड रहेको बताए।

प्रहरी उपरीक्षक श्रेष्ठले हुलाकबाट आउने गरेका सामानमा समेत लागूऔषध भित्रिन सक्ने भन्दै अनुसन्धानलाई तीव्रता दिएको बताए।

यसै क्रममा गत वर्षको फागुन ११ गते हुलाका कार्यालय डिल्लीबजार काठमाडौं इएमएस शाखामा बेलायतबाट पठाएको कार्टुन बक्समा ४.४१८ केजी तौल बराबरको साना चकलेटहरु रहेका र चकेलटमा गाँजा तथा चरेशहरु पाइएको र त्यसको बरामद गरी कन्ट्रोल डेलिभरी गर्ने क्रममा पर्साका २२ वर्षीय राज शिखर गुप्तालाई पक्राउ गरिएको पनि बताए।

निजसँगको अनुसन्धानमा जर्मनबाट पठाइएको अर्को कार्टुन बक्स फेला परेको र त्यसमा ५ सय वटा नाम नखुलेको एम्फेटामिन ट्याब्लेट्स फेला परेको बताए। उनलाई पुर्पक्षका लागि थुनामा राखिएको समते प्रहरी उपरीक्षक श्रेष्ठले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved