धनगढीको मेयरमा एमालेले चन्दलाई उठाउने

नेपालभ्युज

धनगढीको मेयरमा एमालेले चन्दलाई उठाउने

धनगढी । नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्दलाई उम्मेदवार बनाउने भएको छ।

केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटिका पूर्वउपाध्यक्षसमेत रहेका चन्दलाई धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय भएको एमालेले जनाएको छ।

चन्दलाई उम्मेदवार बनाउने निर्णय गरे पनि सार्वजनिक भने गरेको छैन। सबै पालिकाका उम्मेदवारको टुंगो लागेसँगै भोलि बिहानसम्म सार्वजनिक गर्ने प्रदेश कमिटीले जनाएको छ।

करीब २८ वर्षदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय चन्द गत पुसमा भएको अधिवेशनमा रतनबहादुर थापासँग कैलाली जिल्ला कमिटीको अध्यक्षमा चार मतले पराजित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved