वडाध्यक्षले वितरण गर्न लागेको साडी प्रहरीद्वारा बरामद

नेपालभ्युज

वडाध्यक्षले वितरण गर्न लागेको साडी प्रहरीद्वारा बरामद

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको एक वडाध्यक्षले निर्वाचनको मुखमा महिलाहरूलाई साडी वितरण गरेको भन्दै प्रहरीले बरामद गरेको छ।

स्थानीय तह निर्वाचनमा मतदाता प्रभावित पार्न सरकारी बजेटको दुरुपयोग भएको भन्दै यसप्रति चर्को आलोचना भएको थियो। वडानम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सरकारी बजेटबाट साडी खरीद गरेर वितरण गरेका थिए।

प्रहरीले वितरण गर्न लागेको साडी बरामद गरेको हो। निर्वाचनको आचारसंहिताविपरीत स्थानीय महिलाहरूलाई वितरण गर्न भनी नगरपालिकाको वडा नम्बर ८ कार्यालयले खरीद गरेको ११० थान साडी बरामद गरिएको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ।

यस सम्बन्धमा प्रहरी वृत्त थानकोटले थप अनुसन्धान अघि बढाएको छ।

स्थानीय चुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुभन्दा ठीक अघिल्लो दिन बाँड्नेगरी वडा ८ को कार्यालयले करिब ९ लाख मूल्यबराबरको सात सयभन्दा बढी थान साडी किनेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved