आगलागीमा घरसहित मानसिंहले गुमाए तीन छोराछोरी र भाञ्जी

जलेर घाइते मानसिंह, उनकी श्रीमती फागुनी र बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

नेपालभ्युज

आगलागीमा घरसहित मानसिंहले गुमाए तीन छोराछोरी र भाञ्जी
सांकेतिक तस्वीर

सुर्खेत। जुम्लाको तिला गाउँपालिका–३ कुडारीस्थित सार्कीवाडामा मानसिंह सार्कीको घरमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ। शुक्रबार राति आगलागी हुँदा मानसिंहका दुई छोरी, एक छोरा र भान्जीको मृत्यु भएको हो।

छोरीहरू ११ वर्षीया अनु सार्की, तीन वर्षीया दर्शना सार्की र एक वर्षीय छोरा दीपेश सार्की र उनकी भान्जी १४ वर्षकी तिर्सना सार्कीको आगलागीमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

शुक्रबार राति ११:१५ बजेतिर घरमा आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्दले बताए। उनले भने, ‘‘आगलागीबाट घरको दोस्रो र तेस्रो तला पूर्णरुपले क्षति भएको छ, आगलागीबाट टिनले छाएको घरको तेस्रो तलासम्म पूर्ण रुपमा क्षति भएको छ।’’

मानसिंह, उनकी श्रीमती फागुनी, बहिनी रुन्चकली आगलागीबाट घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved