मन्त्री झाँक्रीले यूएन ह्याबिटेटको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने

नेपालभ्युज

मन्त्री झाँक्रीले यूएन ह्याबिटेटको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने

काठमाडौै। अमेरिकाको न्यूयोर्कस्थित यूएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न शहरी विकास मन्त्री रामकुमारी झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी छिन्।

उनले आगामी अप्रिल २८ तारिखमा उक्त बैठकलाई सम्बोधन गर्ने मन्त्रालयका प्रवक्ता सहसचिव विष्णुप्रसाद शर्माले जानकारी दिए। यूएन ह्वाबिटेट अन्तर्गत सञ्चालित न्यू अर्बन एजेण्डा २०१५ को कार्यान्वयनको अवस्थाबारे बैठकमा छलफल हुने पनि उनले बताए।

मन्त्री झाँक्रीसँगै कार्यक्रममा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली, उपमहानिर्देशक दिलिप भण्डारी सहभागी हुनेछन्। मन्त्री झाँक्री अप्रिल ३१ तारिखमा स्वदेश फिर्ता हुने प्रवक्ता शर्माले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved