मार्क्सवाद लेनिनवादबाट माओवाद अलग छैन : मोहन वैद्य

नेपालभ्युज

मार्क्सवाद लेनिनवादबाट माओवाद अलग छैन : मोहन वैद्य

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले माओवाद सार्वभौम विचार रहेको बताएका छन्।

शुक्रबार राजधानी संवाद डबलीमा वामपन्थी बुद्धिजीवी डा. ऋषिराज बरालको ‘सार्वभौम माओवाद र उत्तरमार्क्सवादी विभ्रम’ पुस्तक विमर्श कार्यक्रममा उनले उनले माओवाद मार्क्सवाद लेनिनवादबाट अलग नरहेको र सम्पूर्ण किसिमका प्रतिक्रियावादी विचार र शक्तिका साथै उत्तरमार्क्सवाद र संशोधनवादविरुद्ध माओवादले नै संघर्षको नेतृत्व गरिरहेको पनि बताए।

पुस्तक माओका सबै योगदानहरूको स्थापना र सकारात्मक मूल्यांकनमा केन्द्रित रहेको प्रस्ट पार्दै मार्क्सवादी चिन्तक किरणले भने, “अहिलेको सबैभन्दा प्रतिक्रियावादी धारा उत्तरआधुनिकतावाद हो। यसविरुद्ध मालेमावादले नै लड्न र विजय हासिल गर्न सक्छ।”

अर्का वक्ता नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् स्कुलिङ विभाग प्रमुख सुदर्शनले जनमतसङ्ग्रहमा जाने बाटो अन्ततः संसद्वादमा जाने बाटो हो भनेर बरालले आफ्नै पार्टीभित्र चलिरहेको वैचारिक बहस उठाएजस्तो लागेको र त्यो सत्य नहोस्, त्यो विभ्रम मात्र होस् भन्ने अपेक्षा व्यक्त गरे।

आफूलाई प्रचण्ड–बाबुरामहरूले पुँजी पढे होलान् जस्तो लागेको तर उनीहरूले त्यो गहिरिएर नपढेको अहिले आएर प्रमाणित भएको नेता सुदर्शनले बताए।

मनमोहन अधिकारीले कालो बोको काट्नु र अमूक नेताले हातमा तान्त्रिकको औँठी बाँध्नु सबै वैचारिक पलायनको पराकाष्टा भएको उनको भनाइ थियो। गलत कुराको विरोध गरिराख्नुपर्ने र विकल्प दिइराख्नुपर्नेमा जोड दिँदै नेता सुदर्शनले नयाँ गर्ने भनेर अघि बढेका विप्लवले पनि संसद्वादबाटै समाजवादको विकल्प खोजेर पुरानो बाटो रोजेको प्रस्ट पारे।

कार्यक्रममा लेखक डा. बरालले नेपालमा अझ पछिल्लो पुस्ता मार्क्सवादी र कम्युनिष्ट विचारप्रति विभिन्न विभ्रमका साथै वितृष्ण जागेकोले त्यसलाई चिर्न सो किताब लेखेको बताए। नेपाली कम्युनिष्ट नेताहरूमा अध्ययनभन्दा टिपन टापनको संस्कारले जरा गाडेकोले त्यसलाई सच्याए मात्रै वास्तविक नेता बन्ने धारणा व्यक्त गरे।

विश्लेषक रोशन जनकपुरीले सो पुस्तकको समालोचना गर्दै सारमा किताब समय सान्दर्भिक र पढ्नैपर्ने रहको बताएका थिए। पुस्तक जागरण बुक हाउसले प्रकाशन गरेको हो। जागरण बुक्स हाउसका अध्यक्ष गणेश चितौरियाले पछिल्लो समय किताब प्रकाशनको क्षेत्रमा पनि निकै नै समस्या आए पनि लेखक डा. बरालको वैचारिक पुस्ताका यो समयमा प्रकाशन गर्नै पर्ने भएकाले बजारमा ल्याएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved