काठमाडौं जिल्ला फुटबल संघको अध्यक्षमा विराटजंग शाही निर्विरोध

संघको उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र प्रदिप लामा निर्विरोध निर्वाचित भएका छन्।

नेपालभ्युज

काठमाडौं जिल्ला फुटबल संघको अध्यक्षमा विराटजंग शाही निर्विरोध

काठमाडौं। काठमाडौं जिल्ला फुटबल संघको अध्यक्षमा पुनः विराटजंग शाही नै निर्वाचित भएका छन्। संघको शुक्रबार सम्पन्न साधारण सभाले शाहीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेको हो। उनी यसअघि पनि संघको अध्यक्ष नै रहेका थिए।

शाहीसँगै १५ सदस्यीय कार्यसमिति नै निर्विरोध रुपमा चयन भएको छ। संघको उपाध्यक्षमा युवराज श्रेष्ठ, मजेश शाक्य र प्रदिप लामा निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी, सदस्यमा राधाकृष्ण महर्जन, अजब श्रेष्ठ, पूर्ण मान सिंह, दिपा कुमारी खड्का, सुरेन्द्र बलामी, अमृत लामा, अनिल चौधरी, जनक न्यौपाने, रुद्रबहादुर मल्ल, नकेश राउत र काजिमान कङ्दवा निर्विरोध निर्वाचित भएका हुन्।

नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय निर्वाचनको लागि हाल यसअन्तर्गत रहेका जिल्ला फुटबल संघहरुमा निर्वाचन भइरहेको छ। एन्फाको केन्द्रीय निर्वाचन भने आगामी ६ असारमा सञ्चालन हुँदैछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved