जसपालाई मेयर दिएपछि कांग्रेस जनकपुर उपमहानगरका सभापति साहले पार्टी छाड्दै

साहले स्वतन्त्र भएर लड्न साथीहरूले नै दिएको सल्लाह सुझावअनुसार नेपाली कांग्रेसको रक्षाका लागि राजीनामा गरेर स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको जनाए ।

जसपालाई मेयर दिएपछि कांग्रेस जनकपुर उपमहानगरका सभापति साहले पार्टी छाड्दै

जनकपुरधाम। सत्ता गठबन्धनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) ले पाउने सहमति भएपछि जनकपुरका कांग्रेस नेताहरूले विद्रोह गर्दै सामूहिक राजीनामा गर्ने तयारी गरेका छन्।

असन्तुष्ट बनेका जनकपुरधाम उपमहानगरपालिका कांग्रेस नगर सभापति मनोजकुमार साहलगायतका नेता–कार्यकर्ता शुक्रबार सामूहिक राजीनामा घोषणा गर्ने तयारीमा जुटेका छन्।

नगर सभापति साहले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिने तयारी गरेका छन्। साहले आफूसहित जनकपुरधाम वडा नम्बर १५ का वडा सभापति र सयभन्दा बढी क्रियाशील सदस्यहरूले राजीनामा गरेर पार्टी परित्यागको घोषणा गर्ने जानकारी दिए।

“दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर हामी कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामाको घोषणा गर्दैछौँ,” साहले भने, “राजीनामाको घोषणा गरेर मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारीसमेत दिन्छु।”

पार्टीका कार्यकर्ताहरूको भावना बुझेर स्वतन्त्र उम्मेदवारी दिने निष्कर्षमा पुगेको साहले बताए । भने, “जनकपुरको सबै वडाका साथीहरूको भावना र आवाज बुझ्दा कांग्रेसले अरू पार्टीमा मत नहाल्ने अवस्था रहेको बुझेर कांग्रेसको मतलाई एकढिक्का राख्न पनि स्वतन्त्र उम्मेदवारी दिन जरूरी ठानेको छु।”

साहले स्वतन्त्र भएर लड्न साथीहरूले नै दिएको सल्लाह सुझावअनुसार नेपाली कांग्रेसको रक्षाका लागि राजीनामा गरेर स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको जनाए ।

मेयर जसपालाई दिने निर्णय सच्याउन साहले यसअघि २४ घण्टे अल्टिमेटम दिएका थिए। निर्णय सच्याउन शुक्रबार बिहान ११ बजेसम्म दिएको अल्टिमेटम सकिएपछि पार्टीबाट राजीनामा गर्ने निर्णयमा पुगेको साहले बताए ।

अघिल्लो स्थानीय तह निर्वाचनमा पनि साह जनकपुरधामको मेयरमा चुनाव लडेर तत्कालीन राजपाका उम्मेदवार लालकिशोर साहसँग पराजित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved