मधेशमा विप्लव समूह र जनमत पार्टी ‘सुरक्षा थ्रेट’, १ हजार ६३ मतदान केन्द्र अति संवेदनशील

मधेशमा विप्लव समूह र जनमत पार्टी ‘सुरक्षा थ्रेट’, १ हजार ६३ मतदान केन्द्र अति संवेदनशील

जनकपुरधाम। वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा मधेश प्रदेशका १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील सूचिमा राखिएको छ। मधेश प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) उमेश रञ्जितकारले नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेकपा, जनमत पार्टी र स–साना समूहका कारण सुरक्षा थ्रेट बढेको बताए।

जिल्ला सुरक्षा समितिको सिफारिसका आधारमा निर्वाचन आयोगले मधेस प्रदेशमा १ हजार ६३ मतदान केन्द्रलाई अति संवेदनशील, ८ सय ८८ संवेदनशील र २ सय १२ केन्द्रलार्ई सामान्य मतदान केन्द्रको सूचिमा राखिएको उनले बताए।

उनका अनुसार धनुषामा १८३, महोत्तरीमा ११०, सप्तरीमा २०८, सिरहामा १७०, सर्लाहीमा १०३, रौतहटमा ८३, बारामा ६२ र पर्सामा ६२ वटा मतदानस्थल अति संवेदनशील मानिएका छन्।

त्यस्तै, सप्तरीमा ८५, सिरहामा ४६, धनुषामा ११६, महोत्तरीमा १४५, सर्लाहीमा १८४, रौतहटमा ११९, बारामा १०८ र पर्सामा ८५ वटा मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको छ।

सप्तरीमा ४, सिरहामा ५, धनुषामा २४, महोत्तरीमा ३, सर्लाहीमा ३१, रौतहटमा ७४, बारामा ५१ र पर्सामा २० वटा मतदानस्थल सामान्य सूचिमा रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

विगतको चुनावमा निर्वाचन बिथोलिएका र झडप समेत भएका मतदानस्थलहरूलाई सुरक्षा निकायले अति संवेदनशील सूचि राखेको  डीआइजी रञ्जितकारले बताए।

मतदाता संख्या ३३ लाख ३१ हजार १७०

स्थानीय तह निर्वाचनका लागि मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० जना मतदाता छन्। प्रदेशभर २ हजार १६३ मतदानस्थल कायम गरिएको छ भने ४ हजार १८९ मतदान केन्द्र निर्धारण गरिएको प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तले जानकारी दिए।

सप्तरीमा २९७ मतदानस्थल र ५३६ मतदान केन्द्र, सिरहामा २२१ मतदानस्थल र ४९८ मतदान केन्द्र, धनुषामा ३२३ मतदानस्थल र ५९३ मतदान केन्द्र, महोत्तरीमा २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र निर्धारण गरिएको छ।

त्यस्तै, सर्लाहीमा ३१८ मतदानस्थल र ५९९ मतदान केन्द्र, रौतहटमा २७६ मतदानस्थल र ५१८ मतदान केन्द्र, बारामा ३०३ मतदानस्थल र ५४१ मतदान केन्द्र तथा पर्सामा १६७ मतदानस्थल र ४०४ मतदान केन्द्र निर्धारण गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved