चीनमा पुनः बढ्न थाले कोरोना भाइरसका संक्रमित

त्यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन्। यी शहरहरुमध्ये सबैभन्दा बढी अहिले सांघाइमा भेटिएका छन्।

नेपालभ्युज

चीनमा पुनः बढ्न थाले कोरोना भाइरसका संक्रमित

एजेन्सी। चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो केही दिनयता संक्रमित व्यक्तिको संख्या बढ्न थालेको त्यहाँको स्वास्थ्य क्षेत्रका अधिकारीले बताएका छन्।

चीनका विभिन्न शहरमा कोरोना भाइरसका संक्रमितहरुको संख्या सोमबार मात्र तीन हजारभन्दा बढी पुगेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।

सोमबारको तथ्यांकअनुसार यहाँ ३ हजार २९७ जना कोरोना संक्रमित देखिएका हुन्। तीमध्ये सबैभन्दा धेरै सांघाइ शहरमा पाइएको बताइएको छ।

चीनको नेसनल हेल्थ कमिसनले सोमबार भेटिएका मध्येका ३ हजार ८४ जना सांघाइकै रहेका बताएको छ। यहाँ पछिल्लो समयमा सांघाइमा कोरोनाको संक्रमण बढेको छ।

त्यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीमा जनाइएको छ। सो कमिसनका अनुसार चीनभित्रै संक्रमित भएका व्यक्ति भेटिएका हुन्।

त्यहाँ जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन्। यी शहरहरुमध्ये सबैभन्दा बढी अहिले सांघाइमा भेटिएका छन्।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न शुरु गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved