ठूलो घरबाट हाम्फालेकी युवतीलाई मानिसहरूले यसरी बचाए

नेपालभ्युज

ठूलो घरबाट हाम्फालेकी युवतीलाई मानिसहरूले यसरी बचाए

भारतको नयाँदिल्लीमा आत्महत्या गर्न लागेकी एक युवतीलाई मानिसहरूले अनौठो तरिकाले बचाएका छन्।

अक्षरधाम मेट्रो स्टेशनको टेरेसबाट २५ वर्षीया युवतीले आत्महत्या गर्ने प्रयास गरेकी थिइन्। सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स (सीआईएसएफ) ले उक्त युवतीको ज्यान जोगाएका थिए। युवतीले आत्महत्या गर्न लागेको भिडिओसमेत सार्वजनिक भएको छ। उक्त भिडिओमा युवतीले एउटा ठूलो घरमाथिबाट भुईंमा हामफालेकी थिइन्।

घटना भारतीय समयअनुसार बिहीबार बिहान सवा सात बजेको हो। मानिसहरूले ती युवती हाम्फाल्ने क्रममा तल कम्बल राखेर उनको ज्यान जोगाएका थिए। युवतीलाई लालबहादुर अस्पतालमा भर्ना गरिएको छ। ती युवती अचानक मेट्रो स्टेशनको पर्खालमा चढेकी थिइन्, त्यसपछि सीआईएसएफका कर्मचारीले उनलाई तल ओर्लन भने पनि उनी मानेकी थिइनन्।

युवती हाम फाल्नुअघि केही जवान कम्बल र च्यादर लिएर तल बसेका थिए। युवतीको खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ।

भाष्करबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved