राष्ट्रिय जनमोर्चाले ल्यायो घोषणापत्र, संघीयता खारेजी माग

एमाले गणतन्त्रविरुद्ध राजवादीसँग मिल्न सक्ने जनमोर्चाको आशंका

नेपालभ्युज

राष्ट्रिय जनमोर्चाले ल्यायो घोषणापत्र, संघीयता खारेजी माग
फाइल तस्वीर

काठमाडौं। एमसीसीमा असहमति जनाएर पुनः चुनावी तालमेलमा आएको राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ।

बुधबार रूपन्देहीको बुटवलमा आयोजित एक कार्यक्रममा अध्यक्ष चित्रबहादुर केसीले घोषणा पत्र सार्वजनिक गरेका हुन्। घोषणा पत्रमा संघीयता खारेजीको माग गरिएको छ।

जनमोर्चाले स्थानीय तह निर्वाचनको मूल नारा नै ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ राखेको छ। घोषणापत्रमा जनमोर्चाले एमालेलाई गणतन्त्रविरुद्ध राजवादीसँग मिल्नसक्ने उल्लेख गरेको छ।

घोषणापत्रमा भनिएको छ- ‘राष्ट्रिय जनमोर्चाले प्रतिक्रियावादी व्यवस्था अन्तर्गत पनि स्थानीय निकाय वा तहलाई अधिकार सम्पन्न बनाउन जोड दिँदै आएको छ,’ घोषणा पत्रबारे जानकारी गराउन जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय निकाय वा तह दैनिक रूपले स्थानीय जनताका समस्या सेवा तथा विकाससँग प्रत्यक्ष रूपमा जोडिन्छ। त्यसैले स्थानीय निकाय वा तह जनतासँग प्रत्यक्ष रूपमा जोडिने भएकोले जनतासँग जीवित सम्बन्ध कायम गर्न जनताको सेवा, विकास तथा स्थानीय सत्ताको पूर्व अभ्यासका लागि यसको महत्वपूर्ण भूमिका रहेको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved