दीपेन्द्र आईसीसी विश्व वरीयताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी

नेपालभ्युज

दीपेन्द्र आईसीसी विश्व वरीयताको शीर्ष १० मा पर्ने पहिलो नेपाली खेलाडी

काठमाडौ। नेपाली क्रिकेटर दिपेन्द्र सिह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को विश्व वरीयता क्रममा शीर्ष १० पर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

विश्व क्रिकेटको सर्वोच्च संस्थाले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द टी–ट्वान्दी फर्म्याटको अलराउण्डरतर्फ शीर्ष १० मा अटाएका हुन्। कुनै पनि नेपाली खेलाडी आईसीसी वरीयताको टप टेनमा परेको यो पहिलो अवसर हो।

उनी टी–ट्वान्टी अलराउण्डरतर्फ वरीयतामा कूल १५२ रेटिङसहित १० औं स्थानमा छन्। यो वरीयताको पहिलो स्थानमा अफगानिस्तानका मोहमद नाभी छन् भने शीर्ष २० भित्रै भारतका कुनै पनि खेलाडी परेका छैनन्।

दीपेन्द्रले यो वरीयतामा अष्ट्रेलियाका मिचेल मार्स र श्रीलंकाका हसरंगाजस्ता विश्वस्तयरीय अलराउण्डरलाई पछि पारे।

दीपेन्द्र ब्याटिङतर्फ पनि ३८ औं स्थानमा छन् भने नेपालका ओपनार कुशल भुर्तेल ३६ औं स्थानमा छन्। नयाँ वरीयतामा कप्तान सन्दीप लामिछाने बलिङतर्फ ३८ औं स्थानमा छन्।

यसै महीना काठमाडौंमा भएको पीएनजी र मलेशिया सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले उपाधि जित्दा दीपेन्द्रले शानदार प्रदर्शन गरेका थिए। सिरिजको कुल पाँच खेलमा उनले कूल २५५ रन जोडेका थिए।

जसमा एक शतक र दुई अर्धशतक समावेश छ। त्यस्तै बलिङतर्फ पाँच खेलमा ७ विकेट लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved