नेपाल-बंगलादेश कूटनीतिक सम्बन्धको ५० वर्ष

बंगलादेशी दूतावासले सार्वजनिक गर्‍यो मित्रता झल्काउने भिडिओ

नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठ पारेर नेपालस्थित बंगलादेशी दूतावासले एक भिडिओ सार्वजनिक गरेको छ।

नेपालभ्युज

बंगलादेशी दूतावासले सार्वजनिक गर्‍यो मित्रता झल्काउने भिडिओ

काठमाडौं। नेपाल र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठ पारेर नेपालस्थित बंगलादेशी दूतावासले एक भिडिओ सार्वजनिक गरेको छ।

बंगलादेशको सामुद्रिक किनारदेखि नेपालको हिमालसम्म समेटेर तयार पारिएको भिडिओमा दुवै देशको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक, कूटनीतिक समानता र विविधता झल्किएको छ। भिडिओमा नेपाल र बंगलादेशका समान आर्थिक विकासका आकांक्षाहरू र एजेण्डाहरूमा जोड दिइएको छ।

भिडिओमा नेपालको जलविद्युत बंगलादेशको लागि सफा उर्जाको महत्त्वपूर्ण स्रोत हुनसक्ने बताइएको छ। आफ्ना १७ करोड जनसंख्या नेपालको लागि बजार हुनसक्ने सम्भावनाबारे पनि चर्चा गरिएको छ।

सन् १९७१ मा स्वतन्त्र राष्ट्रको रुपमा बंगलादेशको उदय भएको अर्को वर्ष ८ अप्रिल १९७२ मा नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। हाल नेपाल र बंगलादेश विश्वका विभिन्न संगठनलगायत सार्क र बिमस्टेकजस्ता क्षेत्रीय निकायहरूमा पनि सहकार्य गर्दै आइरहेका छन्। गत वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले ढाकाको भ्रमण समेत गरेकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved