मधेशमा चुनावी रणनीति बनाउन सत्ता गठबन्धन बैठक बस्दै

मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा लगायतका जिल्लामा गठबन्धनका लागि बैठकहरु भए पनि पर्सा, बारा, रौतहट लगायतका जिल्लामा भने बैठक बस्न सकेको छैन।

मधेशमा चुनावी रणनीति बनाउन सत्ता गठबन्धन बैठक बस्दै

जनकपुरधाम। स्थानीय चुनावको लागि रणनीति र गठबन्धन बनाउने विषयमा आज सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ।

एक साताअघि बसेको गठबन्धनको बैठकले आ-आफ्ना दलको अवस्थाबारे तथ्यांकसहितको प्रतिवेदन पेश गर्ने गरी २७ चैतसम्मका लागि बैठक स्थगित गरेको थियो।

बैठकबाट २२ गतेसम्ममा पालिका-जिल्ला कमिटीसँग आ-आफ्नो संगठनको अवस्थाबारे बुझेर रिपोर्ट तयार गर्ने निर्णय भएको थियो। तर, गठबन्धन दलको बैठक जिल्लादेखि स्थानीय स्तरसम्म पनि हुन सकेको छैन।

मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा लगायतका जिल्लामा गठबन्धनका लागि बैठक भए पनि पर्सा, बारा, रौतहट लगायतका जिल्लामा भने बैठक बस्न सकेको छैन।

नेपाली कांग्रेसका मधेश प्रदेश उपाध्यक्ष वीरेन्द्रकुमार सिंहले गठबन्धनको बैठक आज महोत्तरीको बर्दिबासमा बस्ने जानकारी दिए। उनले गठबन्धनका लागि कांग्रेस सकारात्मक रहेको भन्दै अधिकांश पालिका तथा जिल्लास्तरमा पनि गृहकार्यहरू भइरहेको प्रतिक्रिया दिए।

मधेश प्रदेशमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासहित पाँच दलीय गठबन्धन छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved