ओलीको व्यङ्ग्य : अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो, सोझो भ्यागुतो कारबाहीमा पर्‍यो

नेपालभ्युज

ओलीको व्यङ्ग्य : अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पार्‍यो, सोझो भ्यागुतो कारबाहीमा पर्‍यो
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर निर्लज्जता प्रकट गरेको बताएका छन्। अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहारभरि रौँ भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताए।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई निलम्बन गरेर बलिको बोको बनाइएको टिप्पणी गरे। उनलाई कारबाही गरेर आफ्ना न्यायाधीशको नेतृत्वमा सरकारले छानबिन समिति बनाएको आरोप उनले लगाए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved