आईपीएल- लखनउले दिल्लीलाई ६ विकेटले हरायो

इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ। लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको हो। मुम्बईमा गए राति भएको खेलमा लखनउ दिल्लीलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ।

नेपालभ्युज

आईपीएल- लखनउले दिल्लीलाई ६ विकेटले हरायो

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्ट्स विजयी भएको छ। लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको हो। मुम्बईमा गए राति भएको खेलमा लखनउ दिल्लीलाई ६ विकेटले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ।

दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर भेट्टायो। लखनउको जितमा क्विन्टन डी ककले ८० रनको अर्धशतकीय पारी खेले।

दिल्लीका कुलदीप यादवले दुई विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा तीन विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो। दिल्लीका पृथ्वी शले ६१ रनको अर्धशतकीय पारी खेले।

लखनउका रवि बिशोइले दुई तथा कृष्णपा गोथामले एक विकेट लिए। जितसँगै लखनउको ४ खेलमा ६ अङ्क भएको छ। दिल्ली तीन खेलमा दुई अङ्क जोडेर सातौँ स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved