बुद्ध जन्मभूमिमा अन्तर्राष्ट्रिय स्पोर्टस् डे

प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले यस्ता कार्यक्रमले ओलम्पिक आन्दोलनको माध्यमबाट पूरा विश्वमा लुम्बिनीको प्रचार प्रचार हुने विश्वास व्यक्त गरे।

नेपालभ्युज

बुद्ध जन्मभूमिमा अन्तर्राष्ट्रिय स्पोर्टस् डे

लुम्बिनी। नेपाल ओलम्पिक कमिटीको आयोजनामा बुधबार साँझ वाकथलनसहित बुद्ध जन्मभूमि लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ भव्य रूपमा मनाइएको छ।

लुम्बिनी प्रदेश सरकार र लुम्बिनी विकास कोषको सहआयोजनामा कार्यक्रम भएको हो। कार्यक्रममा राजनीतिज्ञ, खेलकर्मी, भिक्षुहरु, पत्रकार र विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो।

लुम्बिनी परिसरमा आयोजित वाकथलन मायादेवी मन्दिरमा गएर टुंगेको थियो र त्यहाँ विश्वमा शान्तिको कामना गर्दै दीप प्रज्वलित गरिएको थियो । त्यसअवसरमा प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले यस्ता कार्यक्रमले ओलम्पिक आन्दोलनको माध्यमबाट पूरा विश्वमा लुम्बिनीको प्रचार प्रचार हुने विश्वास व्यक्त गरे।

भिक्षुहरुबाट शान्ति पाठसहित शुरु झएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुद्धकालीन समयमै लुम्बिनीमा वृहत खेलकुद कार्यक्रम भएको इतिहास भएको बताउँदै यो क्षेत्र शान्तिको प्रतीकको रूपमा रहेको र आउने वर्षमा यस कार्यक्रमलाई अझ भव्य रूपमा मनाउने योजना रहेको बताए। उनले आउने वर्षमा पिस म्याराथन आयोजनाको योजना रहेको पनि बताए।

लुम्बिनी विकास कोषका उपाध्यक्ष तथा भिक्षु मैत्तेयले बुद्ध जन्मभूमि कुनै पनि प्रकारको वृहत खेलकुद आयोजनाका लागि उपयुक्त रहेको बताए। खेलकुद विश्वमा शान्ति तथा भाइचारा फैलाउनका लागि सबैभन्दा उपयुक्त माध्यम रहेको पनि उनले बताए।

सन् २०१३ मा संयुक्त राष्ट्रसंघले ६ अप्रिलको दिनलाई ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ मनाउने निर्णय पारित गरेको थियो । नेपालमा सन् २०१४ देखि यस दिन विभिन्न कार्यक्रम गर्न शुरु भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved