साताको अन्तिम दिन शेयर बजारमा हरियाली

नेपालभ्युज

काठमाडौं। साताको चार  कारोबार दिन निरन्तर ओरालो लागेको शेयर बजारमा अन्तिम कारोबार दिन हरियाली देखिएको छ। आज ३६ अंकले सूचक बढेर दुई हजार ४६४ दशमलव ३१ बिन्दुमा पुगेर बजार बन्द भएको छ।

यस दिन १३ ओटै उपसमूहको शेयर उकालो लागेकोमा हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य १० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन नेपाल टेलिकमको शेयर मूल्य ५ दशमलव ८१ र एक्सेल डेभलपमेन्ट बैंकको मूल्य ५ दशमलव ०५  प्रतिशतले बढेको छ।

यस दिन कारोबार रकममा पनि बढेको छ। बुधबार दुई अर्बभन्दा कम कारोबार भएको बजारमा आज २ अर्ब १२ करोड रुपैयाँको ५४ लाख ४४ हजार कित्ता शेयर खरीदबिक्री भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved