जनकपुरधामसहित मिथिलाञ्चलमा चैती छठ मनाइँदै

जनकपुरधामसहित मिथिलाञ्चलमा चैती छठ मनाइँदै

जनकपुरधाम। जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज चैती छठ पर्व मनाइँदै छ। मंगलबारदेखि शुरु भएको चैती छठ पर्वको तेस्रो अर्थात मुख्यदिन आज अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ दिइन्छ। भोलि शुक्रबार बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्वको सम्पन्न हुनेछ।

कार्तिकमा मनाइने छठ पर्व जतिको संख्यामा श्रद्धालुभक्तजनहरू नभए पनि विस्तारै चैती छठ पर्व मान्नेको संख्या पनि बढ्दै गएको छ। चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ।

खरनाको अवसरमा व्रतालुहरू निराहार उपवास बसी साँझपख षष्ठी देवीलाई प्रसाद चढाइ खाने गर्दछन्। प्रसादमा खीर ,केरा, दूध एवम् विभिन्न प्रकारको फलफुल चढाइने गरिन्छ। पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिन व्रतालुहरूले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन्।

त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टापूर्व देखि नै व्रतालुहरू पोखरीमा प्रवेश गरि षष्ठीमाताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्छन्। अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायत सामग्रीहरू चढाउने गरिन्छ।

सन्ध्या अर्घपश्चात् रातभरि व्रतालुहरू जागरण बसी भोलिपल्ट चैत्र सुक्ल सप्तमी तिथिका दिन उदाउदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने चलन छ।

जनकपुरको गंगासागर ,अंर्गजा सागर, धनुष सागर सहितका विभिन्न जलासयहरूमा छठ पर्व गर्ने तथा हेर्ने दर्शनार्थीहरूको घुईचो लाग्ने गर्दछ।चैती छठ पर्व गर्नाले चिताएको मनोकामना पूरा हुने तथा चर्म रोग निको हुने र मानसिक प्रसन्नता प्राप्त हुने जन विश्वास रही आएको छ।

धार्मिक आस्था ,विश्वास तथा सद्भावको रुपमा मनाइने यो पर्व केही वर्ष पूर्व सम्म मारबाडी समुदायका केही व्यक्तिहरूले मात्र मनाउने गर्दथे। तर वर्षेनी यो पर्व मनाउनेहरूको संख्यामा वृद्धि भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved