‘पाँचदलीय गठबन्धन फतक्क कुहिएर झरोस्’

नेपालभ्युज

‘पाँचदलीय गठबन्धन फतक्क कुहिएर झरोस्’
फाइल तस्वीर

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सत्ता गठबन्धन कुहिएर फतक्त झरोस् भन्दै श्राप दिएका छन्। यो गठबन्धन आफैं कुहिएर झर्ने भन्दै एमालेलाई सरकार ढालेको बात नलागोस् पनि भनेका छन्।

आज उद्योग व्यवसाय महासंघको महाधिवेशनमा अध्यक्ष ओलीले भने, “अहिलेको यो गठबन्धन सरकार कहिलेसम्म रहन्छ ? यो त कुहिसकेको छ। तर, कुहिएको फल पनि कुहिनेबित्तिकै खत्रक झर्दैन, त्यो झर्नलाई मज्जाले कुहिसक्नुपर्छ। यो कुहिँदै छ।”

सत्ता गठबन्धनलाई कुहिन लागेको भन्दै उनले कुहिएर झर्ने बेलातिर गएको बताए। भने, “झर्ने समय हामीले पर्खनुपर्छ, मर्नै लागेको मान्छे बाच्दै बाँच्दैन भने पनि त्यतिबेला प्वाक्कै हिर्काएर त्यतिबेलै मर्‍यो भने ज्यान मुद्दा लाग्छ। त्यसैले यो सरकार ढाल्न हामी कोशिस नै गर्दैनौं।”

नेकपा एमाले जनताको मुहारमा मुस्कान ल्याउन काम गर्ने बताएका उनले उद्योग तथा व्यवसायको रथ नतानेसम्म समाज अगाडि नबढ्ने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved