एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमा फर्किएका डल्लाकोटीले भेटे प्रचण्डलाई

नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टामै फेरि नेकपा माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका धादिङको रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) खुमलटार पुगेका छन्।

नेपालभ्युज

एमाले प्रवेश गरेको भोलिपल्टै माओवादीमा फर्किएका डल्लाकोटीले भेटे प्रचण्डलाई

काठमाडौं। नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टामै फेरि नेकपा माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका धादिङको रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) खुमलटार पुगेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज (बुधबार) बिहान भेटेर उनले केही मानिसको परिबन्दमा परेर आफू सोमबार बालकोट पुगेको बताएका छन्। ०७४ मा माओवादीबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका डल्लाकोटी बालकोटस्थित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेर सोमबार एमालेमा प्रवेश गरेका थिए।

तर, उनले मंगलबार विज्ञप्ति निकालेर माओवादीमै फर्किएको घोषणा गरेका थिए। माओवादीमा फर्केको घोषणा गरेका गाउँपालिका अध्यक्ष डल्लाकोटीले आज खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेटघाट गरेका हुन्।

प्रचण्डको सचिवालयले गाउँपालिका अध्यक्ष डल्लाकोटी आज बिहान खुमलटार आएर प्रचण्डसँग भेटवार्ता गरेको जानकारी दिएको छ। भेटको विषयमा डल्लकाकोटीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved