श्रीलंकन ब्लुस्टारसँग मच्छिन्द्र पराजित, एएफसी छनोट कपबाट बाहिरियो

नेपालभ्युज

श्रीलंकन ब्लुस्टारसँग मच्छिन्द्र पराजित, एएफसी छनोट कपबाट बाहिरियो

काठमाडौं । नेपालको लिग विजेता क्लब मछिन्द्र श्रीलंकाको ब्लुस्टार एससीसँग घरेलु मैदानमा पराजित भएको छ। योसँगै मछिन्द्र एएफसी कप छनोटको प्रारम्भिक चरणबाटै बाहिरिएको छ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्र २-१ गोलअन्तरले पराजित भएको हो। १५ औं मिनेटमा मच्छिन्द्रले पेनाल्टीमार्फत गोल खानबाट बचेको थियो। गोलरक्षक विशाल श्रेष्ठको उत्कृष्ट बचाउबाट गोल खान जोगिए पनि पहिलो हाफमै मच्छिन्द्र २ गोलले पछि परेको थियो।

खेलको अन्तिम मिनेटमा सुजल श्रेष्ठले एक गोल गरे पनि मच्छिन्द्रले हार टार्न सकेन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved