युक्रेन ‘नरसंहार’को अन्तर्राष्ट्रिय छानबिन गर्न पोल्यान्डका प्रधानमन्त्रीको आग्रह

नेपालभ्युज

युक्रेन ‘नरसंहार’को अन्तर्राष्ट्रिय छानबिन गर्न पोल्यान्डका प्रधानमन्त्रीको आग्रह

एजेन्सी । पोल्याण्डका प्रधानमन्त्री माटेउज मोराविकीले सोमबार युक्रेनमा रुसी सेनाले गरेको आक्रमणलाई “नरसंहार” को संज्ञा भन्दै त्यसबारे अन्तरराष्ट्रिय छानबिनको माग गरेका छन्।

“हामी नरसंहारको यो अपराधको छानबिन गर्न अन्तरराष्ट्रिय आयोगको प्रस्ताव गर्दैछौं,” उनले राजधानी किभ नजिकैको बुचा लगायतका शहरहरूमा नागरिकहरू माथि जारी हत्याको सन्दर्भमा उठाउँदै सो आग्रह गरेका हुन्।

युक्रेनमा रूसले आक्रमण गरे एक महीनाभन्दा धेरै समय भइसकेको छ। यसक्रममा ठूलो संख्यामा सर्वसाधारण मारिएका छन् भने ठूलो जनधनको क्षतिभइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved