जाजरकोटमा चार दलबीच चुनावी गठबन्धन हुने

नेपालभ्युज

जाजरकोटमा चार दलबीच चुनावी गठबन्धन हुने

सुर्खेत। जाजरकोटमा आगामी ३० वैशाखमा हुने निर्वाचनमा सत्तारुढ दलहरूले तालमेल गर्ने निर्णय गरेका छन्।

आइतबार नेपाली कांग्रेसका जिल्ला सभापति वेदराज सिंहको अध्यक्षता बसेको बैठकले सत्तारुढ दलहरूले आगामी निर्वाचन तालमेल गर्ने निर्णय गरेका हुन्। आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गरेर अगाडी निर्णय भएको नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक डम्बरबहादुर रावतले जानकारी दिए।

गठबन्धनको काम, कारवाहीलाई व्यवस्थित बनाउनका लागि आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट तीन जनाका दरले १२ जनाको जिल्ला स्तरीय संयन्त्र निर्माण गर्ने, पालिकास्तरमा सत्ता गठबन्धनको मर्म विपरित गतिबिधि सञ्चालन तथा अभिब्यक्ति नदिन निर्देशन दिने र पालिकास्तरमा पनि चुनावी तालमेलको संयन्त्र निर्माण गर्ने सहमति भएको नेपाली कांग्रेसका जिल्ला सभापति वेदराज सिंहले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved