त्रिदेशीय टी-२० सिरिज फाइनल : टस हारेर पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

नेपाली टोलीमा आज एक परिवर्तन भएको छ। फस्ट बलर कमल सिंह ऐरीको ठाउँमा सोमपाल कामी टिममा फर्किएका छन्।

नेपालभ्युज

त्रिदेशीय टी-२० सिरिज फाइनल : टस हारेर पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं। त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि भिडन्तमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिरिजको फाइनल खेलमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेपछि नेपाल पहिलो ब्याटिङमा उत्रिएको हो।

नेपाली टोलीमा आज एक परिवर्तन भएको छ। फस्ट बलर कमल सिंह ऐरीको ठाउँमा सोमपाल कामी टिममा फर्किएका छन्। अघिल्लो खेलमा काँधमा चोट बोकेका ऐरी उपचारमा रहेका छन्।

आजको फाइनल खेलमा पीएनजीलाई हराए नेपालले सन्दीप लामिछानेको कप्तानीमा पहिलो उपाधि जित्नेछ। त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले अहिलेसम्म हारेको छैन।

नेपालले मलेसिया र पीएनजीविरुद्ध खेलेको चारै खेल जितेको थियो। टी–२० शृंखलामा नेपालले राम्रो प्रदर्शन गरेको दर्शकहरूको प्रतिक्रिया छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved