हिमालयन हाइड्रो एक्स्पोमा उर्जामन्त्री भुषाल, गगन थापा र सुरेन्द्र पाण्डे सहभागी हुँदै

इपान कार्यसमिति सदस्य प्रकाश दुलालका अनुसार उक्त सेसनमा जलविद्युतको विकासका सम्बन्धमा नीतिगत विषयमा गहन मन्थन हुनेछ।

नेपालभ्युज

हिमालयन हाइड्रो एक्स्पोमा उर्जामन्त्री भुषाल, गगन थापा र सुरेन्द्र पाण्डे सहभागी हुँदै

काठमाडौं। राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सरोकारवालाहरुको उल्लेख्य सहभागिता देखिएको छ। एक्स्पोमा जलविद्युतसँग सम्बन्ध राख्नेहरुको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।

एक्स्पोमा चलिरहेको सेमिनारमा दुई दिनमा गहन विषयहरुमा छलफल भएको छ भने एक्स्पोको अन्तिम दिन आज हुने अन्तिम सत्रमा जलविद्युत् क्षेत्रको नीतिगत विषयवस्तुमा छलफल हुँदैछ। ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालको विशेष उपस्थिति हुने सो सत्रमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा.कृष्णप्रसाद ओली, कृषि, सहकारी तथा प्राकृतिक स्रोत संसदीय समितिकी सभापति पूर्णा कुमारी सुवेदी र ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल सहभागी हुँदैछन्।

आज दिउँसो १ बजेदेखि शुरु हुने उक्त सेसनमा जलविद्युतका सम्बन्धमा घनीभूत छलफल हुने भन्दै एक्स्पोका आयोजक संस्थाहरु स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसले इच्छुक सहभागीहरुलाई सेमिनारमा सहभागी हुन आग्रह गरेका छन्। इपान कार्यसमिति सदस्य प्रकाश दुलालका अनुसार उक्त सेसनमा जलविद्युतको विकासका सम्बन्धमा नीतिगत विषयमा गहन मन्थन हुनेछ।

शनिबार शुरु भएको एक्स्पोमा दुई दिनमा जलविद्युतसँग प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सरोकार राख्नेहरुको उल्लेख्य सहभागिता भएको एक्स्पो एण्ड इभेण्ट म्यानेजमेण्ट सर्भिसका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved