चुनावमा प्रतिगमनकारी झारपात साफ गर्छौं : प्रचण्ड

नेपालभ्युज

चुनावमा प्रतिगमनकारी झारपात साफ गर्छौं : प्रचण्ड

महोत्तरी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय निर्वाचनमा प्रतिगमनकारीहरूलाई साफ गर्ने बताएका छन्।

बर्दिबासस्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले  गत वर्ष असंवैधानिक तवरले संसद् विघटन गर्ने हर्कतलाई ठेगान लगाएको र आसन्न स्थानीय तह निर्वाचनले प्रतिगमनकारी झारपात सबै साफ गर्ने बताए।

उनले भने, ‘‘आसन्न स्थानीय तह निर्वाचनमा प्रतिगमनकारी जनताबाट पाखा लागेपछि आन्दोलनको एक चरण पूरा हुनेछ।’’ स्थानीय निर्वाचनमा मात्र नभएर संसदीय निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने उनले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved