बार एशोसिएशनको चुनावमा ७० प्रतिशतभन्दा बढी मत खस्यो

मतगणना शुरु हुन दुईतीन दिन लाग्ने

नेपाल बार एशोसियएशनको २६ औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज भएको निर्वाचनमा सत्तरी प्रतिशतभन्दा बढी मत खसेको छ।

नेपालभ्युज

बार एशोसिएशनको चुनावमा ७० प्रतिशतभन्दा बढी मत खस्यो

काठमाडौं। नेपाल बार एशोसियएशनको २६ औँ केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयनको लागि आज भएको निर्वाचनमा सत्तरी प्रतिशतभन्दा बढी मत खसेको छ। बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकका अनुसार देशै भरी रहेका ९ हजार ६ सय सात जना मतदातामध्ये ७० प्रतिशतले मात्रै मत हालेका छन्।

त्यस्तै ५ हजार ९३३ जना मतदाता रहेको काठमाडौंमा सवा ४ बजेसम्म ४ हजार भन्दा बढी मत खसेको निर्वाचन समिति सदस्य सानुराज पोखरेलले जानकारी दिए। उनका अनुसार ललितपुर, काभ्रे, नुवाकोट, रामेछाप, ओखलढुङ्गा, भक्तपुर, सिन्धुपाल्चोक, धादिङ, दोलखा र सोलुखुम्बु जिल्ला बारको ९३३ जना मतदाता मध्ये ७१८ मत खसेको छ।

त्यस्तै उच्च अदालत पाटनको २ हजार २०५ जना मतदातामध्ये १ हजार ५५४ मत खसेको छ। त्यस्तै काठमाडौं जिल्ला बारका २ हजार ९३ मतदातामध्ये १ हजार २५८ मत खसेको छ भने सर्वोच्च अदालत बार एशोसिएशन र विभिन्न मतदान केन्द्रबाट केन्द्र परिवर्तन गरी काठमाडौं मतदान कायम भएका जम्मा ७३५ मतदातामध्ये ५५८ मत खसेको छ।

प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता पाठकका अनुसार देशै भरी ३५ स्थानमा भएको बारको मतपत्र सङ्कलन गरेपछि दुई÷तीन दिनभित्र मतगणना शुरु हुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved