मकवानपुरबाट लागूऔषध सहित तीन जना पक्राउ, सबै ३० वर्षमुनिका

नेपालभ्युज

मकवानपुरबाट लागूऔषध सहित तीन जना पक्राउ, सबै ३० वर्षमुनिका

मकवानपुर। प्रहरीले छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्रेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हेटौंडा–२ संगमचोकबाट हेटौंडा–१५ का २३ वर्षीय राजेश खाती र राक्सिराङ गाउँपालिका–३ का २० वर्षीया आयुषा ठकुरीलाई पक्रेको हो। प्रहरीले ना ४३ प ८६५१ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूको साथबाट २ ग्राम ७५० मिलीग्राम खैरोहेरोइन फेला पारेको छ।

यस्तै ईलाका प्रहरी कार्यालय पशुपतिनगर हेटौंडाको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटे चेकपोष्टबाट लागूऔषधसहित एकजनालाई पक्रेको हो।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–१४ बस्ने २९ वर्षका बलराम गुरुङ रहेका छन्। वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३–०२–००६ प २६१४ नम्बरको मोटरसाइकल चेकिङको क्रममा उनको साथबाट ४ ग्राम खैरोहेरोइन र १३ ट्याब्लेट नाईट्राभेट फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

लागूऔषधसहित पक्राउ परेका तीनैजनालाई जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved