हेटौंडामा बसको ठक्करबाट ७३ वर्षीय वृद्धको मृत्यृ

नेपालभ्युज

हेटौंडामा बसको ठक्करबाट ७३ वर्षीय वृद्धको मृत्यृ

हेटौंडा। पूर्वपश्चिम सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीयवासी ७३ वर्षीय मान बहादुर ढकाल रहेको प्रहरीले जनाएको छ।

मोरङ उर्लाबारीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १३६५ नम्बरको बसले आज बिहान ढकाललाई ठक्कर दिएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। अस्पताल पुग्नासाथ उनलाइ डाक्टरलले मृत घोषणा हुन्। बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved