करण केसी बने टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी

एकै टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाली टिमबाट पाँच विकेट लिने पनि करण एकमात्र खेलाडी बनेका छन्। 

नेपालभ्युज

काठमाडौं। अलराउन्डर करण केसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक विकेट लिने पहिलो नेपाली खेलाडी बनेका छन्।

काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आजको खेलमा पीएनजीविरुद्ध ह्याट्रिक गरेका केसी टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका हुन्।

उनले खेलको अन्तिम ओभरको दोस्रो, तेस्रो र चौंथो बलमा विकेट लिँदै ह्याट्रिक पूरा गरेका हुन्। केसीले पीएनजीविरुद्ध ह्याट्रिकसहित पाँच विकेट लिए।

एकै टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपाली टिमबाट पाँच विकेट लिने पनि करण एकमात्र खेलाडी बनेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved