मलेसियाविरुद्ध नेपालको सहज जित

नेपालभ्युज

मलेसियाविरुद्ध नेपालको सहज जित

काठमाडौं। त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले मलेसियालाई हराएको छ। नेपालले १३.४ ओभरमा ४ विकेटको क्षतिमा ११५ को सहज लक्ष्य पूरा गरेको हो।

पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको नेपालले मलेसियाविरुद्धको खेलमा लगातार दोस्रो जित निकालेको हो। जितसँगै सिरिजको फाइनलमा पुग्ने नेपालको सम्भावना बलियो बनेको छ।

खेलमा ओपनर आसिफ शेखले अर्धसतक पार गरे। उनले ३८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ५७ रन बनाएका थिए।

निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मलेसियाले ११४ रन जोडेको थियो। विशेषगरी नेपाली स्पिनरले कसिलो बलिङमार्फत मलेसियालाई कम रनमा रोकेका थिए।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved