श्रीलंकामा उर्जा संकटका कारण दैनिक १० घण्टा लोडसेडिङ

नेपालभ्युज

श्रीलंकामा उर्जा संकटका कारण दैनिक १० घण्टा लोडसेडिङ

एजेन्सी । श्रीलंकामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ। देशमा उर्जा संकट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन्।

दुई करोड २० लाख जनसंख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलंकामा आर्थिक संकट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ।

श्रीलंकामा प्रयोग हुने बिजुली मध्ये ४० प्रतिशत बिजुली जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ। जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले संकटमा रहेका छन्। पर्याप्त वर्षा नभएकाले जलाशयमा पानी कम भएकाले बिजुली उत्पादन पनि कम भएको  छ।

बाँकी बिजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ। ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ। कोइला र तेलको कमीका कारण बिजुली उत्पादन कम भएकाले विद्युत प्रवाह पनि कटौती गर्नु परेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved