बालकले हाँकेको मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु

धनुषाको सबैला नगरपालिकामा १५ वर्षीय बालकले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार चार बालकको मृत्यु भएको छ ।

नेपालभ्युज

बालकले हाँकेको मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु
काठमाडौं। धनुषाको सबैला नगरपालिकामा १५ वर्षीय बालकले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार चार बालकको मृत्यु भएको छ । एक किशोरको अवस्था गम्भीर छ ।
सबैला– १२ रघुनाथपुरमा सोमबार राति सवा ८ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक १५ वर्षीय राहुल यादवसहित मोटरसाइकलमा सवार १२ वर्षका लक्ष्मी यादव, सुमित यादव र बौका यादवको मृत्यु भएको हो।
गम्भीर घाइते १९ वर्षीय सुरेन्द्र यादवको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबै सबैला– २ का हुन्।
इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार लुइँटेलका अनुसार घटनास्थलमा प्रहरी पुग्दा ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त र पाँच जना गम्भीर घाइते अवस्थामा भेटिएका थिए । तत्काल प्रादेशिक अस्पताल पु¥याइएकोमा चार बालकलाई चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved