मन्त्रिपरिषद् पुनर्गठनका लागि देउवाले लिए प्रचण्ड-माधवको राय

बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर जनकपुर पुगेका माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्रीले मनित्रपरिषद्मा हेरफेरको तयारी गरिरहेको र त्यसबारेमा आफूहरुलाई जानकारी गराएको बताएका छन्।

नेपालभ्युज

मन्त्रिपरिषद् पुनर्गठनका लागि देउवाले लिए प्रचण्ड-माधवको राय

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तासाझेदार दलका नेतासँग छलफल गरेका छन्। देउवाले सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) नेताहरुसँग छलफल गरेका हुन्।

देउवासँग छलफलका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एस)का अध्यक्ष माधव नेपाल र माओवादीका नेता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका थिए।

उक्त छलफलमा मन्त्रिपरिषद् पुनर्गठनदेखि चुनावी तालमेलसम्मको विषयहरुमा कुराकानी भएको बताइएको छ। देउवाले नेताहरुलाई मन्त्रिपरिषद्मा हेरफेरको तयारीबारे बताउँदै सुझाव समेत मागेका बताइएको छ।

बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर जनकपुर पुगेका माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्रीले मनित्रपरिषद्मा हेरफेरको तयारी गरिरहेको र त्यसबारेमा आफूहरुलाई जानकारी गराएको बताएका छन्।

प्रधानमन्त्री देउवा कांग्रेसबाटै केही नयाँ मन्त्रीसहित लोसपा समेतलाई सरकारमा ल्याउने गरी मन्त्रिपरिषद पुनर्गठनको तयारीमा छन् । देउवाले लोसपासँग संवाद अगाडि बढाउन तीन सदस्यीय कार्यदल नै बनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved