बालिकालाई पनि विद्यालय जान दिने तालिबानको निर्णय

नेपालभ्युज

बालिकालाई पनि विद्यालय जान दिने तालिबानको निर्णय

एजेन्सी। तालिबानले २२ मार्चदेखि छात्राहरूलाई पनि विद्यालय जान दिने निर्णय गरेको छ। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै बालिकालाई विद्यालय प्रवेशमा लगाएको थियो।

सत्तामा आएदेखि तालिबानले महिलाको आवागमनको स्वतन्त्रतालाई कुचल्ने लगायतका हरेक क्षेत्रमा महिला अधिकारलाई बन्देज लगाएको थियो। यो निर्णयले बालिकाहरूले पढ्न पाउने अधिकारको केही हदसम्म भए पनि सुनिश्चित गरेको ह्युमन राइट्स वाचका पूर्व वरिष्ठ अफगानिस्तान अनुसन्धानकर्ता हेदर बारले बताएका छन्।

तालिबान सरकारमा आएसँगै बालिका तथा युवतीलाई स्कूल एवं कलेज जान रोक लगाएको थियो। त्योसँगै सबै कन्या स्कूलहरू बन्द भएका थिए। नयाँ नियमसहित ती विद्यालय पुन: सञ्चालनमा हुन लागेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved