भूपेन्द्र बने नेपाल आइडल–४

एपीवान टेलिभिजनमा प्रसारण हुँदै आएको नेपाल आइडल सिजन –४ को उपाधि अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भैरहवाका भूपेन्द्र थापा मगर विजयी भएका छन्।

नेपालभ्युज

भूपेन्द्र बने नेपाल आइडल–४

काठमाडौं। एपीवान टेलिभिजनमा प्रसारण हुँदै आएको नेपाल आइडल सिजन –४ को उपाधि अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै भैरहवाका भूपेन्द्र थापा मगर विजयी भएका छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा उनले उपाधि हात पारेका हुन्।
उपाधिसँगै भूपेन्द्रले ट्रफीसँगै ३० लाख रुपैयाँ नगद प्राप्त गरे। नेपाल आइडल सिजन –४ मा झापाका नामगेल तामाङ फस्ट रनरअप र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनरअप घोषित भए।
उनीहरूले क्रमशः ५ लाख र ३ लाख रुपैयाँ प्राप्त गरे ।झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल पनि फाइनलमा प्रवेश गरेका थिए। उनीहरूलाई गिटार र १० लाख बराबरको बीमा प्रदान गरियो।
यो सिजनमा सङ्गीतकार शम्भुजीत बास्कोटा, गायक सुगम पोखरेल र गायिका सुबानी मोक्तान निर्णायकको रुपमा थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved