सीमित स्रोत र समयमा धेरै काम गर्दैछौं: झाँक्री

झाँक्रीले मन्त्रालयलाई एडीबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह पनि गरिन्।

नेपालभ्युज

सीमित स्रोत र समयमा धेरै काम गर्दैछौं: झाँक्री

काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सीमित स्रोत र समयमा धेरै काम गर्नुपर्ने बाध्यता आफूहरूलाई भएकाले सोहीअनुसार काम गरिरहेको बताएकी छन्। शुक्रबार मन्त्रालयमा एसियाली विकास बैंक (एडीबी)का प्रतिनिधिसँगको छलफलमा सीमित अवधिमा धेरै कम गर्नुपर्ने आवश्यकता रहेको बताइन्।

उनले नेपालको पूर्वाधार विकासमा ठूलो बजेटको खाँचो रहे पनि सीमित स्रोत साधनबाट काम काम गरिरहेको उनको भनाइ थियो। झाँक्रीले मन्त्रालयलाई एडीबीबाट हुने सहयोगका योजना द्रुत गतिमा अघि बढाउन आग्रह पनि गरिन्। उनले भनिन्, ‘‘हामीसँग समय सीमित छ, गर्नुपर्ने कामहरू धेरै छन्। सकेसम्म सीमित अवधिमा पनि धेरै काम गरौँ भन्ने पक्षमा छौँ। एडिबीले गरिरहेको सहयोग र गर्ने भनेका परियोजनाको काम पनि छिटो होस् हाम्रो चाहना छ।’’

राष्ट्रिय शहरी नीति परिमार्जन तथा शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेकाले यसले संघीयता अनुसारका शहरीकरणका परियोजनामा सहकार्य गर्ने बाटो खोल्ने उनले बताइन्। नेपालमा लगानी गर्न सकिने थुप्रै क्षेत्र रहेको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved