धनगढीमा ३ वैशाखदेखि महिला गोल्डकप हुने, विजेतालाई पाँच लाख

नेपालबाहेक भुटान र भारतबाट समेत महिला टिमलाई सहभागी गराउने तयारी भइरहेको आयोजकले जनाएको छ।

नेपालभ्युज

धनगढीमा ३ वैशाखदेखि महिला गोल्डकप हुने, विजेतालाई पाँच लाख

धनगढी। नयाँ वर्षको अवसर पारेर धनगढीमा सुदूरपश्चिम प्रदेश प्रथम मुख्यमन्त्री वनदेवी युवा क्लब (बीवाईसी) महिला गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। आयोजक वनदेवी युवा क्लबले आज धनगढीमा पत्रकार सम्मेलन गरेर गोल्डकपबारे जानकारी दिएको हो।

३ वैशाखदेखि १० गतेसम्म धनगढीस्थित रंगशालामा गोल्डकपको आयोजना गरिने प्रतियोगिता संयोजक दुर्गा अधिकारीले बताए। उनले नेपाल बाहेक भुटान र भारतबाट समेत महिला टिमलाई सहभागी गराउने तयारी भइरहेको जानकारी दिए।

प्रतियोगितामा विभागीय टिमसहित आठदेखि १० क्लबको सहभागिता रहने संयोजक अधिकारीले बताए। क्लबका अध्यक्ष सुसन जोशीले गोल्डकपको विजयी टिमले ट्रफीसहित नगद पाँच लाख र उपविजेताले ट्रफीसहित दुई लाख ५० हजार रुपैयाँ पुरस्कार राशी प्राप्त गर्ने बताए।

प्रतियोगितामा म्यान अफ दी म्याचलाई पाँच हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिताभर उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गरिने आयोजक क्लबका अध्यक्ष जोशीले बताए। महिला गोल्डकप सञ्चालनका लागि करीब एक करोड रुपैयाँ खर्च लाग्ने अध्यक्ष जोशीले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved