यस्तो छ नेपालमा हुने एकदिवशीय र टी-ट्वान्टी सिरिजको तालिका

नेपालभ्युज

यस्तो छ नेपालमा हुने एकदिवशीय र टी-ट्वान्टी सिरिजको तालिका

काठमाडौं। नेपालमा आयोजना हुने एकदिवशीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको खेलतालिका सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको खेल मैदानमा नेपालले ११ र १२ चैतमा पीएनजीसँग एकदिवशीय दुई खेल खेल्नेछ।

यसपछि कीर्तिपुरमा नै नेपाल, पीएनजी र मलेसिया सम्मिलित टी–ट्वान्टी ट्राइ नेसन सिरिज आयोजना हुनेछ। यो सिरिजको पहिलो खेलमा नेपालले १४ चैतमा पीएनजीको सामन गर्नेछ। प्रत्येक टिमले एक अर्कासँग दुई/दुई खेल खेल्नेछन् भने शीर्ष दुई टिमले उपाधिका लागि फाइनलमा भिडन्त गर्नेछन्।

फाइनल खेल भने २१ चैतमा हुनेछ। हाल नेपाली राष्ट्रिय टिम आईसीसी विश्व लिग डिभिजन–२ अन्तर्गतको एकदिवशीय सिरिजको तयारीमा छ। नेपाल, युएई र पीएनजीसहितको यो त्रिकोणात्मक सिरिज चैत दुई गतेदेखि युएईमा आयोजना हुँदैछ।

यस्तो छ खेलतालिका:


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved