देश विकास गर्न एमसीसी स्वीकार गरियोः महामन्त्री शर्मा

नेपाल भ्युज

देश विकास गर्न एमसीसी स्वीकार गरियोः महामन्त्री शर्मा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि अमेरिकी सहयोग परियोजना (एमसीसी) लिइएको बताएका छन्। कांग्रेस भद्रपुर–१० ले आयोजना गरेको एक कार्यक्रममा सम्बधोन गर्दै महामन्त्री शर्माले देशको आम्दानीले मात्र विकास सम्भव नहुने भएकाले अमेरिकी सहयोग लिइएको बताए।

“विदेशमा युवाको श्रम बेचेर पैसा कमाउने देशको पहिचान बदलेर बिजुली बेच्ने देशको रूपमा मुलुकलाई रुपान्तरण गर्न एमसीसी स्वीकार गरिएको हो”, उनले भने, “अमेरिका र चीनको अन्तरद्वन्द्वलाई पक्ष–विपक्ष बनाउन चाहनेले एमसीसीका विषयमा नकारात्मक भ्रम सिर्जना गरिरहेका छन्।”

कांग्रेसले भोटका लागि नभई मुलुकको भविष्यका निम्ति एमसीसीको पक्षमा उभिएको उनको तर्क छ। “एमसिसी परियोजना विद्युत् र सडकको विकासका लागि आएको हो”, उनले भने, “यसमा कुनै दुविधा छैन, मुलुक बनाउन विदेशी सहयोग आवश्यक छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved