२०७९ मा शनिबारबाहेक ४३ दिन बिदा, २७ पुसमा राष्ट्रिय एकता दिवस मनाउने निर्णय

२०६२/६३ को जनआन्दोलनपश्चात् सरकारले पृथ्वीनारायण शाहको जन्मदिवसको अवसरमा मनाइँदै आएको एकता दिवस कटौती गरेको थियो।

नेपालभ्युज

२०७९ मा शनिबारबाहेक ४३ दिन बिदा, २७ पुसमा राष्ट्रिय एकता दिवस मनाउने निर्णय

काठमाडौं। सरकारले आगामी वर्ष वि.सं. २०७९ सालमा दिइने बिदाको विवरण सार्वजनिक गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै शनिबारबाहेक ४३ दिन सार्वजनिक बिदा उल्लेख गरेको छ।

राजपत्रमा सार्वजनिक उक्त सूचनाअनुसार वर्षभरिमा ५२ दिन शनिबार तथा १० दिन सम्बन्धित क्षेत्रका कर्मचारी र ३३ दिन राष्ट्रिय बिदा दिने जनाइएको छ।

आगामी वर्ष दशैंमा एक दिन बिदा थपिएको छ। यस्तै क्रिसमस, धान्नेपूर्णे, मोहम्मद जयन्ती, तमु र सोनाम ल्होसार तथा मुस्लिम समुदायको चाडमा पनि बिदा दिने निर्णय गरिएको छ।

यसैगरी आगामी वर्ष सरकारले २७ पुसमा राष्ट्रिय एकता दिवस पनि मनाउने निर्णय गरेको छ। पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा सरकारले राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको हो, तर उक्त दिन सार्वजनिक बिदा भने दिइएको छैन। २०६२/६३ को जनआन्दोलनपश्चात् सरकारले पृथ्वीनारायण शाहको जन्मदिवसको अवसरमा मनाइँदै आएको एकता दिवस कटौटी गरेको थियो।

यस्तो छ आगामी वर्ष २०७९ को बिदाको विवरण:

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved