खानेतेलमा भएको मूल्यवृद्धिबारे नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको ध्यानाकर्षण

नेपाल भ्यूज

खानेतेलमा भएको मूल्यवृद्धिबारे नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको ध्यानाकर्षण

काठमाडौं। खाने तेलमा भएको मुल्यवृद्धि सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

प्रशोधित खाने तेलमा भएको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत पटक पटक चासो दिएपछि संघले सोमबार विज्ञप्ति जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।

संघले तेलका लागि चाहिने कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात गर्नुपर्ने भए पनि कोरोना भाइरस महामारीका कारण र विश्व राजनीतिमा आएका उतारचढावका कारण तेलको मूल्यमा वृद्धि हुन गएको स्पष्ट पारेको छ। संघले अन्तर्राष्ट्रिय बजारले नै नेपालको मूल्य निर्धारण गर्ने भएकाले मूल्यमा वृद्धि हुन गएको जनाएको छ।

विज्ञप्तिमा लेखिएको छ- ‘खाने तेल उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुबाट आयात गर्नुपर्दछ। यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापार अनुरुप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गर्दछ।’

करीव १६ महिनादेखि नै विश्वमा फैलिएको कोरोना भाइरसको महामारी तथा राजनीतिक उतारचढावका कारण तेलको मूल्यमा समेत अस्वाभाविक रुपमा वृद्धि हुन गएको छ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved