लेवान्डोस्कीको ह्याट्रिकमा साल्सबर्गविरुद्ध बायर्नको सात गोल

बायर्नको घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले १२ औँ र २१ औँ मिनेटमा पेनाल्टीमार्फत तथा २३ औँ मिनेटमा थप एक गोल गर्दै ह्याट्रिक पूरा गरे।

नेपाल भ्युज

लेवान्डोस्कीको ह्याट्रिकमा साल्सबर्गविरुद्ध बायर्नको सात गोल

काठमाडौं। यूईएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा जर्मन क्लब बायर्न म्युनिखले अष्ट्रियन क्लब आरबी साल्सबर्गमाथि शानदार जित निकालेको छ।

अन्तिम १६ को दोस्रो लेगको खेलमा बायर्नले साल्सबर्गको पोस्टमा सात गोल गर्यो। बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिय पूरा गरे।

बायर्नको घरेलु मैदानमा भएको खेलमा लेवान्डोस्कीले १२ औँ र २१ औँ मिनेटमा पेनाल्टीमार्फत तथा २३ औँ मिनेटमा थप एक गोल गर्दै ह्याट्रिक पूरा गरे।

लेवान्डोस्कीसँगै बायर्नका लागि ३१ औँ मिनेटमा सर्ज जिनाबेरीले, ५४ र ८३ औँ मिनेटमा थोमस मुलरले तथा ८५ औँ मिनेटमा लोरे सानेले गोल गरे।

साल्सबर्गका लागि एकमात्र गोल मौरिसले खेलको ७० औँ मिनेटमा गरे। दोस्रो लेगमा शानदार जितसँगै बायर्न समग्रमा ८२ गोल अन्तरले विजयी भएर क्वाटरफाइनलमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2023 Digital House Nepal Pvt. Ltd. - All rights reserved